गांउखाने कथा
१ चाँदिको ठेकीमा स्याउलाको विर्को के हो -
उत्तर मुला
२ जति तान्यो उति छोटिने के हो -
उत्तर चुरोट तानेको
३ वारी पारि माझमा ढवर्ंइ यो कथा नजान्ने लोखर्केको ज्वाई के हो -
उत्तर चराको गुँड
४ नाक चुच्चो चाक बुच्चो अन्न खाने पाली बन्न के हो -
उत्तर घुन
५ पाँच भाई हर्ेर्ने एक भाई नाच्ने के हो-
उत्तर खैनि माडेको
६ सेउपुरको आगो गैरीथोकको धुवाँ पारिगाउामा हल्ला खल्ला के भयो त्याहाँ के हो -
उत्तर हुक्का चिलीम
७ सेतो गोरु दाउदा दाउदा रातो भयो के हो -
उत्तर सेल रोटी पोलेको
८ भुँ भुँ गर्छ भमरा होईन, कानमा जनाई छ बाहुन होईन के हो -
उत्तर पानि घट्ट
९ जहाँ जहाँ मान्छे गयो त्यहि त्यही संगै जान्छ यसको सहि जवाफ भन्नेले यो कार्यक्रम पछि २ प्लेट फर््राई म.म. खान पाउछ केहो -
उत्तर छायाँ
१० बिन्द्रा बनमा काल्दाई काल्दाई भन्छ के हो -
उत्तर बन्चरो